अर्घाखाँची डट्कम ।
अर्घाखाँची । देशमा देखिएको आर्थिक सङकटलाई न्युनिकरण गर्न सरकारले निजि क्षेत्रलाई सगै लिएर जानुपर्ने उधाेग बाणिज्य सघका नवनिर्वाचित केन्द्रीय सदस्य जम्शेर अलि मियाले बताउनुभएको छ । नेपाल यातायात मजदुर सघदारा अर्घाखाँचीकाे सन्धिखर्कमा आयोजना गरिएको सम्मान कार्यक्रममा मन्तब्य राख्दै मियाले यस्तो बताउनुभएको हाे।
मियाले देशमा उधाेगी व्यापारीका समस्या दिनप्रतिदिन बढ्दै गई व्यापारीहरू धरासायी अबस्थामा रहेकोले यसकाे न्युनिकरण गर्नका सरकार जिम्मेवार बनेर अभिभावकीय भुमिका निर्वाह गर्नुपर्ने बताए ।
मियाले उधाेग बाणिज्य सघमा विगत लामाे समयदेखि महत्त्वपूर्ण जिम्मेवारी सम्माल्नुकाे साथै उधाेगीकाे क्षेत्रमा महत्त्वपूर्ण काम समेत गदै आउनु भएको छ । गृह जिल्ला अर्घाखाँची भएतापनि कामकाे शिलशिला व्यापारी , उधाेगीकाे क्षेत्रमा कपिलवस्तुबाट त्रियाशिल रहदै आउनुभएकाे छ ।
कार्यक्रममा चेम्बर अफ कमर्श अर्घाखाँचीका अध्यक्ष अशाेक श्रेष्ठ लगायतले मियालाई फुलमाला सहित सम्मान गरेका थिए ।
कार्यक्रम सघका अध्यक्ष हरि प्र पन्थीकाे अध्यक्षता ,आत्मसिह घर्तीकाे सञ्चालन उपाध्यक्ष राजेन्द्र कक्षपति श्रेष्ठकाे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रम सघका पदाधिकारी तथा सदस्यले फुलमाला मायाकाे चिनाे डाेसल्ला ओडाएर सम्मान गरेका थिए ।