-टेकराज भुसाल
बैशाख ३०, बुटवल । ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजकाे भेला आगामी जेठ १३ गते शनिबार बुटवलमा हुनेभएको छ।
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गबाट विभिन्न सिलसिलामा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा अस्थायी / स्थायी रुपमा बसाेबास गर्नेहरुकाे साझा संस्थाका रुपमा रहने गरी भेला आयोजना गर्न लागिएको हो।
शनिवार बुटवलमा बसेकाे बैठकले कमल खनाल संयाेजक रहेकाे १३ सदस्यीय ढाकावाङ्ग-रुपन्देही भेला आयोजना समिति निर्माण गरिएको छ।
जसको सचिवमा नारायण बन्जाडे र सदस्यहरुमा क्रमशः टेकराज भुसाल, ढुण्डिराज खनाल, याेगेन्द्र खनाल, गाेविन्द खनाल, माधव खनाल, बावुराम भुसाल, शिव आचार्य, कृष्णप्रसाद खनाल, सागर खनाल, नगेन्द्र भुसाल र खेमराज खनाल रहनुभएको छ।