पाणिनि बहुप्राविधिक शिक्षालयका कर्मचारीहरु राष्ट्रिय आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलित

1

 

-अर्घाखाची डट्कम सम्बाददाता।

अर्घाखाँची । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत पाणिनि बहुप्राविधिक शिक्षालयका प्रशिक्षक एवं कर्मचारीहरु पनि राष्ट्रिय आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलित भएका छन् ।

प्राविधिक शिक्षा दिने सवालमा अब्बल बन्दै अर्घाखाँचीको पाणिनि बहुप्राविधिक शिक्षालय - khabareducation

उनीहरुले विरोध स्वरुप हातमा कालोपट्टी बाधेर राज्यलाई झक्झकाएका छन् । पेसागत सुरक्षाको ग्यारेन्टी लगायतका माग राख्दै शिक्षालयका शिक्षक एवं कर्मचारीहरु आन्दोलित भएका हुन् ।

प्राविधिक शिक्षाको आकर्षण बन्दै पाणिनि बहुप्राविधिक शिक्षालय - khabareducation

तत्काल विनियावली संशोधन गरी सेवा करारलाई कर्मचारीको रुपमा परिभाषित गर्दै सिटिइभिटी सेवा आयोग गठन गरी खुला विज्ञापनमा उमेर हद नलाग्ने गरी स्थायी पदपूर्ति गरिनुपर्ने उनीहरूको माग रहेको छ।

1

स्थायी पदपूर्ति प्रक्रियामा छनौट हुन नसकेका सेवा करार लाई सेवा करार अवधि अनुसार न्यूनतम प्रतिवर्ष तीन महिनाको तलब बराबरको रकम उपदानको रुपमा व्यवस्था हुनुपर्ने र सेवामा प्रवेश गरिसकेपछि कर्मचारी संचयकोष विधा बीमा तथा अन्य सुविधाहरु अनिबार्य रुपमा स्थायी कर्मचारी सरह हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको शिक्षालयका प्रशिक्षक वरुण रानाभाटले बताएका छन् ।

Workplace लामो समयदेखि शिक्षाको क्षेत्रमा राज्य उदासीन बनेको र करारमा शिक्षकहरु नियुक्ति गर्दै जाने तर स्थायित्त्वका सन्दर्भमा राज्यले कुनै चासो नदेखाएको गुनासो उनीहरुको रहेको छ।

Nepal Telecocme1images