शिक्षक सहिद टंक भुसालको ४१ औ स्मृति दिवस एवं पुरस्कार वितरण कार्यक्रम अर्घामा सम्पन्न (तस्बिर सहित )

1

-अर्घाखाँची डटकम
जेष्ठ ०२ गते एक कार्यक्रमका बिच अर्घा रजस्थल मा बि सनपा -९ अर्घा, अर्घाखाँचीमा प्रथम शिक्षक सहिद टंक भुसालको ४१ औ स्मृति दिवस कार्यक्रम सम्पन्न गरिएको छ् ।

No description available.

कार्यक्रम बिधालयका प्र.अ. निरज भट्टराईको अध्यक्षता, सनपा ९ का का.वा. वार्ड अध्यक्ष नारायण बहादुर रायमाझीको प्रमुख आतिथ्यता र शिक्षक बल बहादुर रायमाझीको संचालनमा भएको थियो ।

No description available.

कार्यक्रममा शिक्षक छबिलाल चुदाली, छबिलाल भुसाल, झुमा रायमाझी र पुर्व शिक्षक देवि आचार्यले सहिद टंक भुसालको जिवनी, ब्यक्तित्व र सामाजिक भुमिका माथी प्रकाश पार्नु भएको थियो ।

No description available.

शिक्षक सहिद टंक भुसाल लगायत सम्पुर्ण ज्ञात अज्ञात सहिदको सम्झनामा एक मिनेट मौन धारण गरि कार्यक्रम शुरुवात गरिएको थियो।  कार्यक्रमको बीच बिचमा सहिद टंक भुसालको सम्झनामा विद्यार्थीबाट गित तथा कबिताहरु प्रस्तुत गरिएको थियो ।

No description available.

कार्यक्रमकै अवसर पारी बिधालयले बार्षिक परिक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सम्पुर्ण विद्यार्थीहरुलाई पुरस्कार बितरण समेत गरेको थियो । साथै सनपा ९ भित्रका सामुदायिक बिधालय आधारभुत तह कक्षा(१-३) का विद्यार्थीहरुमा हाजिरी जवाफ प्रतियोगिता समेत संचालन गरिएको थियो।

No description available.

जसमा प्रथम स्थान शिशु कल्याण आ.बि, द्वितीय स्थान अर्घा रजस्थल मा.बि., तृतीय स्थान अर्घा भगवती आ. बि. र जन जागृति आ.बि. ले प्राप्त गर्न सफल भएका थिए ।

Open photo

अर्घा रजस्थल मा. बि. का पुर्व शिक्षक टंक भुसाललाई अन्याय,अत्याचार, शोषण , जातीय बिभेद र तत्कालीन पन्चायती ब्यबस्थाका विरुद्ध आवाज बुलन्द गरेबापत तत्कालीन पन्चायती शासकहरुले २०३९ बैशाख २७ गते गिरफ्तार गरि चरम यातना दिदै सन्धिखर्क स्थित प्रहरी चौकिमा २०३९ जेष्ठ २ गते हत्या गरेको ईतिहास छ् ।

Nepal Telecocme1