जग्गा कारोबारमा ठगी गर्ने कपिल्बस्तुका दिदी भाइलाई अर्घाखाँची प्रहरिद्वारा पक्राउ गरि मुद्दा दर्ता ।

केशबराज ज्ञवाली ,अर्घाखाँची डटकम

जिल्ला प्रहरी कार्यालयले जग्गा कारोवारको सन्दर्भमा ठगी गरि मिटरब्याज असुल्न खोजेको आरोपमा कपिलबस्तुका दुई दिदी भाइलाइ पक्राउ गरि मुद्दा दर्ता गरेको छ । सन्धिखर्कका राम बहादुर बस्नेतले दिएको उजुरि पछि फरार भएका उनिहरुलाइ खोजतलाश गरि छिमेकी जिल्ला प्युठानबाट प्रहरिले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाइ जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको अनुमती लिएर थप अनुसन्धान सुरु गरिएको अर्घाखाँची प्रहरिले जनाएको छ ।


राम बहादुर बस्नेतका अनुसार यसरी सुरु भयो घटनाक्रम

सन्धिखर्कका ब्यबसायी बस्नेत जग्गा ब्यबसाय गर्ने क्रममा कपिलबस्तुमा पुगे उनले त्यहा नवीन भुसाल र दामोदर भुसाल संग जग्गा साविक मोतिपुर गाबिस वार्ड ४ को कित्ता न ६०१ , २४२५ र ३४२७” का ३ कित्ता ( १० कठ्ठा ६ धुर) जग्गा किन्ने सहमती गरे र तत्कालिन जग्गाको मूल्य रकम मूल्याकंन गरि आफू भएको दुई वटा बस हरु नवीन र दामोदरलाइ दिए पछि बाकी रकम १ करोड १५ लाख बाकी रहने भयो ।
उक्त एक करोड १५ लाख रकम घेरुवा बनगाइ बस्ने मुना भनिने सीता रेग्मिले तिरिदिने र सो जग्गा नवीन र दामोदरले सितालाइ पास दिने पछि राम बहादुर बस्नेतले सितालाइ रकम चुक्ता गरेपछी रामबाहदुर बस्नेतलाइ नामसारी गरिदिने सहमती गरेर उनिहरु त्यस दिन त्यहा बाट छुट्टिए ।
सहमती र सल्लाह अनुरुप सीता रेग्मिले जग्गा आफ्नो नाममा लिइन यता बस्नेत पैसाको जोहो गर्न थाले र पैसा पठाउन सीता रेग्मी संग कुरा गर्न थाले कुराकानिका क्रममा उनले आफ्नो बैंक खातामा समस्या रहेकोले आफ्ना भाइ मोबिन रेग्मी र पार्वती कुमारी भन्डारिको नाममा विभिन्न बैंक हरुमा पैसा पठाउन लगाइन बस्नेतले पनि सोही मुताविक रकम पठाउन थाले र सांवा ब्याज सहित १ करोड ३२ लाख ५५ हजार भुक्तानी गरे र जग्गा नामसारी गरिदिन भने ।

May be an image of 4 people, ticket stub and text
यतिन्जेल सिधासिध चलेको क्रम जब बस्नेतले आफ्नो जग्गा नामसारी गरिदिन अनुरोध गरे त्यस पछि रेग्मी परोवारलाइ पैसाको मोह अझै बढ्यो र जग्गा दिन आनाकानी गर्न थाले । पटक पटक अनुरोध गर्दा पनि जग्गा दिन आनाकानी गर्दै रेग्मी परिवारले थप पैसा माग गरे नाइ भने जग्गा नदिने कुरा गर्न थाले । यो घटना बाट बिक्षिप्त भएका बस्नेत रेग्मिकै घरमा पुगि जग्गा दिन अनुरोध गर्दा उनका दुई वटा भाइ र सीता रेग्मिले म जग्गा दिन्न , तं जहाँ गएर जे गर्न सक्छस गर भनेर धम्काउदै भौतिक आक्रमण गर्ने धम्की पनि दिएको बस्नेतले बताए ।

May be a doodle of ticket stub, diary and text that says 'कानुनी प्रावधान सम्वन्धी विवरण:- मुलुकि अपराध संहिता २०७४ परिच्छेद २१ ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एकसटर्शन) सम्बन्धि कसुर दफा २४९ ठगी गर् नहने: (१) कसैले ठगी गर्नवा (३) उपदफा (१) बमोजिमको कसूर गर्नें व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:- (ग) खण्ड रुपैयांसम्म जरिबाना। ख) मा लेखिएदेखि बाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद सत्तरी जार प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सम्पर्क नं. ९८५७०८६०९९ Email- dpoargha@gmail.com, dpoargakhanchi@nepapolice.gov.np'
सल्लाह सहमती अनुसार आफुले रकम भुक्तानी गरेपछी पनि अन्यायमा परे पछि बस्नेत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी गर्न पुगे । र जिल्ला प्रहरी अर्घाखाँचीले उजुरी अनुरुप पक्राउ गरि अनुसन्धान थालिसकेको छ ।
मुलुकी अपराध संहिता २०७४ का अनुसार कुनै किसिमले ठगी गरेमा सात बर्ष कैद र ७० हजार जरिवानाको ब्यबस्था रहेको छ