केशबराज ज्ञवाली, अर्घाखाँची डटकम
भुटानी शरणार्थी प्रकरणमा ठुला नेताहरु पक्राउ परेपछी देशभर भ्रष्टाचार बिरोधी पर्दर्शन जारी छन त्यसै सन्दर्भमा अर्घाखाँचीमा पनि नेपालि काङ्ग्रेसका भातृ संस्थाहरुले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् । नेपालिलाई भुटानी शरणार्थी बनाउने खेलमा अर्घाखाँची बाट निर्वाचित प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी मुछिएपछी अर्घाखाँचीबासी खिन्न भएको अवस्था छ ।
यस्ता खाले संगठित अपराधका विरुद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ र भुतपुर्व सैनिक संघले संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारिले मान्छे बेच्न तिमिलाई कस्ले सिकायो, ठुला माछा छोपिदेउ-जेलभित्र कोचिदेउ, भ्रष्ट जनप्रतिनिधी मुर्दावाद, मान्छे बेच्न पाईदैन-यस्ता जनप्रतिनिधी चाहिदैन, भ्रष्टचारमा दोषी देखिए, मेरै बा–आमालाई पनि नछोड, ठुला माछा छोपिदेउ, जेलभित्र कोचिदेउ, देशमा अर्थतन्त्र मन्द छ-नेताहरुको भ्रष्टचार धन्दा छ, अरबौं पचाउनेलाई-खबरदार बँचाउनेलाई, हाम्रो जनप्रतिनिधि चुकेको छ-लाजले शिर झुकेको छ, जनताको खबरदारी-नउम्किउन भ्रष्टचारी, नेता होस् कि नाता होस्-भ्रष्टचारीलाई पाता होस् जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
विरोध प्रदर्शन वि .पि . स्मृति भवनबाट सुरु भएर जिल्ला प्रशासन कार्यालय लाईन , टुंडिखेल चोक, मेनरोड हुँदै शान्ति बगैंचामा पुगि कोण सभामा परिणत भएको हो । कोण सभालाइ नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिश्नु खनाल , पार्टी जिल्ला सभापती केशब श्रेष्ठ , पुर्व पार्टी सभापती कमल प्रसाद भुसाल लगायतले सम्बोधन गरेका थिए ।
तस्विर दीपेन्द्र पौडेल