केशवराज ज्ञवाली ,अर्घाखाँची डटकम
नेपाल सरकारका कृषि मन्त्री डाक्टर बेदुराम भुसाल अर्घाखाँचीका गाउँ गाउँमा घुमेका छन । शनिवार अर्घाखाँची आएका भुसाल नेकपा समाजबादिले सन्धिखर्कमा गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिएर गाउँ पसेका हुन । भुमिकास्थान नगरपालिकाले आजै गरेको सम्मान कार्यक्रममा सहभागी भएका मन्त्री भुसालको सोमवार सम्मका बिभिन्न कार्यक्रममा सहभागी हुँदै अर्घाखाँची जिल्लामै रहने योजना रहेको बताइएको छ ।
दोस्रोपटक अर्घाखाँची जिल्ला आएका मन्त्री भुसाल बिभिन्न कार्यक्रममा सरिक हुने समय र कार्यक्रम तय भएको नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले बताएका छन । सुपादेउराली दर्शन पछि जिल्ला पार्टी कार्यालयमा स्वागत संम्मान तथा पार्टी नेता कार्यकर्ता बिच अन्तरक्रिया कार्यक्रम गरि भुमिकास्थान हुँदै आजै मालारानी पुगेका हुन ।