अर्घाखाँची डटकम
सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सन्धिखर्क १२ मा महिला सशक्तीकरण तथा प्रबिधि हस्तान्तरण कार्यक्रम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले महिलाहरुलाई सहकारीका माध्यमबाट सशक्तीकरण र आत्मनिर्भर बन्नु आजको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ । सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको कार्यक्रममा बोल्दै श्रेष्ठले सन्धिखर्क नगरपालिकाले महिलाहरुको क्षमता विकास तथा आत्मनिर्भर बनाउने कार्यायोजना निर्माण गरी आएको र बिभिन्न श्रोतहरुको प्रबन्ध मिलाउने पनि बताउनुभयो । उहाँले नगरपालिकाको सहयोगमा खरिद गरिएको कम्प्युटर सेट हस्तान्तरण गर्दै सहकारीको डाटालाई व्यवस्थित गरेर राख्नपनि सहज हुने बताउनुभयो ।
कार्यक्रममा सहकारीका ऋण उपसमिति संयोजक मधुकुमार श्रेष्ठ, सल्लाहकारहरु गोपाल प्रसाद श्रेष्ठ, मोतिप्रसाद भुुसाल, बेकबहादुर श्रेष्ठ, न्यु नेपाल बोर्डिंग स्कूलका प्रिन्सीपल रामप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीले जनताको माग र चाहाना बमोजिम काम गर्दै भएको बताउनुभएको थियो ।
महिला सशक्तीकरण तालिममा अधिबक्ता पबित्रा भट्टराई, अधिबक्ता कुलचन्द्र खनाल लगायतले महिला हिंसा, महिला अधिकारी, लैंगिक तथा घरेल हिंसा लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहकारीका सचिव प्रकाश श्रेष्ठको अध्यक्षता, ऋण उप समिति सदस्य पार्वता श्रेष्ठको स्वागत मन्तब्य र शिक्षा उप समिति संयोजक बसन्त श्रेष्ठको रहेको थियो ।