काठमाडौं । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौं पुर्याइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनीहरूलाई मुद्दा दर्ताका लागि त्यहाँ पुर्याइएको हो । सोही प्रकरणमा पक्राउ परेका अन्य आरोपितहरूलाई पनि प्रहरीले पुर्याउँदैछ । मुद्दा सरकारी वकिलको कार्यालयमार्फत दर्ता हुनेछ ।
प्रहरीले भने अनुसन्धान सकेर बनेको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ ।