– टेकराज भुसाल
जेठ ९ बुटवल। अर्घाखाँची ढाकावाङ्गको आगलागीमा ज्यान गुमाएका परिवारलाई अर्घाखाँची सम्पर्क समाज दक्षिण काेरियाले आर्थिक सहयोग गरेको छ।
भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गकाे तिरतिरे खाेलाबाट लागेको आगाे निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई मंगलबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
अर्घाखाँची सम्पर्क समाज दक्षिण कोरियाका अध्यक्ष हिमाल खनाल र सल्लाहकार रुद्र पौडेलको विशेष पहलमा दक्षिण कोरियामा ३ लाख ५० हजार आर्थिक संकलन गरि आगलागीमा ज्यान
गुमाएका घनश्याम बेल्वासेकाे परिवारलाई १ लाख १० हजार, पदम बेल्वासे, पीताम्बर बेल्वासे, माधव बेल्वासेकाे परिवार ७०/७० हजार र घाइते अस्मिता बेल्वासे (संगीता) काे परिवारलाई ३० हजार आर्थिक सहयोग गरिएको हो।
सम्पर्क समाजका पूर्व सदस्य राजेन्द्र बेल्वासे, भूमिकास्थान-२ का वडा सदस्य द्रोण बेल्वासे, स्थानीय श्याम चुदाली, बाबुराम खनाल, बाबुराम बेल्वासेले घरमै पुगी आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।