-अर्घाखाँची डटकम
राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिको आयोजनामा जेष्ठ १ गते देखि १५ गते सम्म राष्ट्रियताको रक्षा गरौं संघीयता खारेज गरौ,र अमेरिकी साम्राज्यावादको बिरोध गरौं भन्ने मुल नाराका साथ संचालन गरेको मेची-महाकाली अभियानको टोलि अर्घाखाँचीको सन्धिखर्कमा आएको छ। जनमोर्चाका केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलको नेतृत्वमा आएको टोलिलाई अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चा जिल्ला समितिले संमान र स्वागत गरेको थियो,भने प्रगतिशील पत्रकार संघ नेपालले पत्रकार संम्मेलनको आयोजना पनि गरेको थियो।
पत्रकार सम्मेलनमा अभियानका टोलि प्रमुख तथा जनमोर्चाका केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी र भारतिय साम्राज्यबादको खतरा अझै रहेको र त्यो खतरा बढ्दो क्रममा रहेकाले त्यसका बिरुद्दमा अभियान सुरु गरेको स्पस्ट पारिन । उनले बिश्वका अन्य देशहरुमा सफल भए पनि नेपालमा अहिलेको संघियता प्रणाली बेठिक भएको पनि बताइन ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टिको आलोचना गर्दै उक्त पार्टिको विधि प्रक्रिया , सिद्दान्त भनेको नेपालमा अमेरिकी साम्राज्यवाद हाबि हुन सहजीकरण गर्ने रहेको आरोप लगाइन ।
बिश्वब्यापी रुपमा कम्युनिस्ट आन्दोलन हराउदै जान थालेको बेला जनमोर्चाको असल सिद्दान्त र पबित्र राजनिती देखेर बिश्वका साम्राज्यवादि र बिस्तारबादी शक्तिहरु जनमोर्चा मास्न उद्दत रहेको आरोप पनि पौडेलले लगाइन ।