-अशोक खनाल , अर्घाखाँची डटकम
सन्धिखर्क नगरपालिकाद्वारा पसलहरुको अनुगमन गरिएको छ् । मंगलबार सन्धिखर्क नगरपालिकाद्वारा नगरपालिकाको वडा न. ७ स्थित फुदबाङ बजार ,गच्छे बजार , कारागार एरिया ,स्याले बजार साथै मेनरोडमा संचालित मासु तथा डेरि पसलहरुको अनुगमन तथा निरीक्षण गरिएको थियो ।
एउटा डेरिपसल तथा ६ मासु पसल अनुगमनको क्रममा केही पसलहरु दर्ता तथा नवीकरण बिना संचालन भएका पसलहरु लाई तुरुन्त दर्ता गर्न , मुल्य सुचि नभएकोमा मुल्य शुचि राख्ने सरसफाइ लाई बिषेश ध्यान दिने लगायत सुझावहरु दिएको थियोे भने अनुगमनको क्रममा देखिएका कमजोरीहरु लाई सुधार गर्न निर्देशन दिनुका साथै नगरपालिका द्वारा उपलब्ध अनुदान तथा राहत माग गर्न समेत अनुरोध गरिएको थियो ।
सन्धिखर्क नगरपालिका का नगर उप प्रमुख मिश्रा आचार्यको नेतृत्वमा गरेको टोलिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थी सन्धिखर्क नगरपालिका ,पशुशाखा प्रमुख नारायण खनाल , कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई ,विशेषज्ञ डा.हक्कित अलि,नायब सुब्बा धर्म भुसाल ,सप्रनी.तिलक धारी यादब,उधोग बाणिज्य संघका प्रतिनिधि रुद्र श्रेष्ठ ,नगरपालिकाका प्रतिनिधिहरु मोहन जिसि, बुद्धि गौतम , दिपक आचार्य , पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति रहेको थियो ।