– दीपेन्द्र पौडेल,अर्घाखाँची डटकम ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २८ औ स्थापना दिवशको अवसरमा महासंघ अर्घाखाँचीले एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बन बिनाश रोकि बनको समुचित प्रयोगबाट लाभ लिनुपर्नेमा जोड दिएका छन ।
अहिले वन डढेलोबाट अर्घाखाँचीमा भएका मानवीय र भौतिक क्षतिले जिल्ला आक्रान्त भएकोमा लक्षित गर्दै वक्ताहरुले बन बिनाश र बन डढेलो रोक्न बन समितिका ब्यक्ती र उपभोक्ता, आम नागरिक सबै कटिबद्द भएर लाग्नुपर्नेमा जोड दिए , उनिहरुले बनमा आगो लगाउनेलाइ कानुनी कारबाहिको दायरामा ल्याउन कन्जुस्याइँ गर्न नहुनेमा जोड पनि दिए ।
लक्षमण पराजुलीको संचालन र मधु कुमार श्रेष्ठले अध्यक्षता गरेको अन्तरसंवाद कार्यक्रमको प्रमुख आथित्यता जिल्ला समन्वय समितीका प्रमुख जिबनारायण कोइरालाले गरेका थिए ।भने कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला उपसभापती विष्णु प्रसाद भुसाल , लुम्बनी ने. क. पा. एमाले भविश्वर पान्डे , रास्ट्रिय जनमोर्चा जिल्ला सदस्य कमल प्रसाद घिमिरे , सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , जिल्ला प्रसासन कार्यालयका प्रशासकिय अधिकृत श्री तुमलाल पन्थी , शस्त्र प्रहरी नायव उपरिक्षक ३६ न: गुल्मका गुल्मपती श्री संगम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका निमित प्रमुख कृष्ण घिमिरे , डिभिजन वन कार्यालयका सहायक वन अधिकृत श्री मदन प्रसाद ढुङ्गाना , घरेलु तथा साना उद्योग कार्यालयका निमित्त कार्यालय प्रमुख श्री लक्ष्मी दाहाल , जगत प्रसाद भुसाल ,अर्घाखाँची डटकमका दिपेन्द्र पौडेल लगायतको उपस्थिति थियो।
थप तस्बिर: