-अर्घाखाची डट्कम सम्बाददाता ।
नेपाल कम्युनिष्ट पार्टी मशाल जिल्ला समिति अर्घाखाँचीले राष्ट्रघाती नागरिकता बिधेक प्रमाणिकरण विरुद्ध विरोध सभा सम्पन्न गरेको छ।
सभालाई ने क पा मशाल अर्घाखाँचीका प्रवक्ता कमल भुसालले सम्वोधन गर्नु भएको थियो। । सभालाई सम्बोधन गर्दै राष्ट्रपतिले राष्ट्रघाती नागरिकता बिधायक प्रमाणिकरण गरेर नेपाली जनता र राष्ट्रप्रति धोका दिएको भन्दै राष्ट्रलाइ सिक्किमिकरण र फिजिकरणको दिशामा धकेलेको बताऊनु भयो।
राष्ट्र र राष्ट्रियता बचाउन सबै देसभक्त, जनतान्त्रिक र वामपंथी शक्तिहरु एक भएर आन्दोलन गर्न आव्हान गर्नु भयो।
कार्यक्रमको संचालन नेपाल कम्युनिष्ट पार्टी मशाल जिल्ला सदस्य राजेन्द्र नेपालीले गर्नु भएको थियो।