भारतको उडिसामा रेल दुर्घटनामा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

नयाँ दिल्ली। भारतको उडिसा राज्यमा धेरै वटा रेल आपसमा ठोक्कएर भएको दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ। घटनामा ९ सय जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्।

भारतमा भयानक रेल दुर्घटना, २३३ जनाको मृत्यु, ९ सय यात्रु घाइते1

दुर्घटना भएको बालास्वर जिल्लामा घाइतेहरुको उद्दारका लागि २ सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको उडिसाका मुख्य सचिव प्रदीप जिनाले जानकारी दिएका छन्।

शुक्रबार मध्यराति एउटा यात्रुवाहक रेल लिकबाट अर्को ट्रयाकमा खसेको र अन्य रेलहरु आएर आपसमा ठोक्किएपछि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

भारतको उडिसामा रेल दुर्घटनामा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

भारतमा भएको यो दुर्घटना शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना हो। घटना स्थलमा उद्दारको कार्य चलिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। केही भारतीय संचार माध्यमहरुले भने मृतकको संख्या २ सय ३३ पुगिसकेको बताएका छन्।

1

भारतीय रेलवेका अनुसार दुर्घटनामा कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस नामक दुई रेलवे सेवाहरु संलग्न रहेका छन्। ठूलो र भयानक दुर्घटना भएकाले घटना स्थलमा १ सय बढी चिकित्सकहरु परिचालन गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू दुःखी भएको बताउँदै शोक सन्तप्त परिवारसँग आफ्नो समवेदना रहेको बताएका छन्।

images