नागरिकता विधेयक पुन: संसद्‌मा आउनैपर्छ – अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक पुन: संसद्‌मा छलफलका लागि आउनुपर्ने बताएका छन् । सोमबार संसद्‌मा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

1

“नागरिकता विधेयकलाई संसद्‌मा ल्याउनुपर्छ । फेरि ल्याउनुपर्छ । जसो गरेर पनि ल्याउनुपर्छ । यो नयाँ सांसद हो । छलफल गर्न पाउनुपर्छ । भूत भइसकेको त्यो विधेयक कहिलेको, कुन सभामुखले सिफारिस गरेको ? कस्तो तरिका होला ?,” ओलीले भनेका छन् ।

उनले प्रधानमन्त्री प्रचण्डले घुमाएर जनताले नबुझ्नेगरी कुरा फिटेको बताए । “यो तीनतासेले तास फिटेजस्तो कुरा होइन प्रधानमन्त्रीजी । लोकतान्त्रिक अभ्यासमा लोकतान्त्रिक अभ्यास नै हुनुपर्छ,” उनले भनेका छन् ।

images