भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले भ्रम फैलाए – प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उहाँले भारत भ्रमणबाट राष्ट्रमा विकासको ढोका खोल्ने आधार बनेको र त्यसले सिंगो राष्ट्र गौरवान्वित भइरहेका बेला केही व्यक्तिलाई राम्रो नरुच्ने रोग लागेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आमजनताको खुसी र देशको सफलतालाई केही मान्छेहरुले पचाउन नसकेर जनतालाई भ्रम दिएको र राजनीतिको रोटी सेक्न खोजेको टिप्पणी गर्नुभयो ।

नुवाकोट र काठमाडौं उपत्यकाको फोहोर व्यस्थापनको समस्यालाई दीर्घकालीन समाधान गर्ने विषयमा आफूले तयारी गरीरहेको उहाँको भनाई छ । यस क्रममा प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कठोर ढंगले दृढ कदम चाल्ने संकल्पका साथ आफ्नो सरकार अगाडि बढेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अहिले सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ आधार र जनतामा नयाँ विश्वास जागेको बताउनुभयो ।

spot_imgimages