उजुरीकर्ताहरूसँग संसदीय सुनुवाइ समितिको छलफल समिति नै अवैध भन्दै टुंगोमा नपुग्दै भाडियो ।

काठमाडौँ — प्रधानन्यायाधीमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग संसदीय सुनुवाइ समितिले गरेको छलफल टुंगोमा नपुगेर भाँडिएको छ । बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका हुन ।
हामीले संसदीय सुनुवाइ समिति नै अवैध छ भनेर सर्वोच्चमा उजुरी दिएका थियौं । तर सर्वोच्चले नवौं दिनमा आएर दरपिठ गरिदियो,’ उजुरीकर्तामध्येका एक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले बताए ।

1

समितिले छलफलका लागि आह्वान गर्दा उजुरीकर्ताहरूले भने आफूहरूलाई सामूहिक रुपमा बोल्न दिनुपर्ने भन्दै आपत्ति जनाएका थिए । अहिले उनीहरूसँग समितिका सचिव पद्मप्रसाद पाण्डेले समन्वय गरिरहेका छन् ।

1

सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । कार्कीको बिहीबार संसदीय सुनुवाइ हुने तयारी भइरहँदा समितिले बुधबार उजुरीकर्ताहरूलाई छलफलमा बोलाएको हो ।

spot_img images