सन्तोष सुनार , अर्घाखाँची डटकम
सन्धिखर्क नगरपालिका वाड न सात भुजुङ्गे निवासि मन बहादुर नेपाली को ६५ वर्ष को उमेरमा मिति २०८०/०२/३२ गतेका दिन निधन भएको छ् ।
झन्डै एक महिना देखि अर्घाखाँची जिल्ला अस्पतालमा भर्ना भएका नेपाली को बिहिवार निधन भएको हो । उहाँका छोरा रोजगारीको लागी भारतको पन्जाव मा रहेकाले उहाँको शव शुक्रबार मात्रै अस्पताल बाट दाहसंस्कारको लागि गच्छेघाटमा ल्याइएको थियो ।
नेपालिको शवमाथी राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन के .सि . ले पार्टीको झण्डा ओढाएर , १ मिनेट मौनधारण सहित अविर लगाएर श्रद्दान्जली दिनुभएको थियो ।
उहाँ लामो समय देखि राष्ट्रिय जनमोर्चाले उठाएका विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भुमिका निभाउदै आउनु भएको थियो । पार्टीको महत्त्वपूर्ण सदस्य गुमाएकोले सिङ्गो पार्टी पिडामा भएको भन्दै पार्टिका तर्फबाट अध्यक्ष के . सि .ले श्रद्धाञ्जली दिनुभको थियो। गच्छे घाटमा अन्टुक का गोबिन्द बि .सि . ,जिल्ला प्रबक्ता पशुपति ढकाल , जनमोर्चाका सन्धिखर्क – ७ वार्ड कमिटिका अध्यक्ष दिलदार हुसेन ,सचीव बसन्त खडका , राष्ट्रिय दलित पत्रकार संघ जिल्ला सदस्य सन्तोष सुनार र स्थानियको उपस्थिति रहेको थियो।