अर्घाखाँची : अतिरिक्त हुलाक कर्मचारीहरुद्वारा सन्धिखर्कमा बिरोध प्रदर्शन

1

अर्घाखाँची डटकम

जेठ १८ गतेदेखि कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका अर्घाखाँचीका अतिरिक्त हुलाकका कर्मचारीहरुले आज सन्धिखर्कमा प्रदर्शन गरेका छन् । सरकारले आगामी आर्थिक बर्षदेखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि कर्मचारीले बिरोध स्वरुप बिरोध प्रदर्शन गरेका हुन् । जिल्लाका २९ वटा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरुको छाता संस्था अतिरिक्त हुलाक कर्मचारी एशोसियसन अर्घाखाँँचीको आयोजनामा सन्धिखर्क शान्ति बंगैचाबाट नाराजुलुस र प्लेकार्ड सहित जिल्ला हुलाक सम्म प्रदर्शन गर्दै आफुहरुको रोजगार ग्यारेन्टी गर्न माग गरेका छन् ।

May be an image of 6 people, hospital, temple and text 1

अतिरिक्त हुलाक कर्मचारी एशोसियसनसंग रायसमेत नमागि हुलाक खारेज गर्ने गरि सरकारले गरेको निर्णय फिर्ता लिनुपर्ने, आर्थिक बर्ष २०७७÷०७८ देखि नबढेको तलब बृद्धि गर्नुपर्ने र अतिरिक्त हुलाक ऐन २०३४ खारेज गरि नयाँ नियमावली लागु गर्नुपर्ने माग गर्दै आफुहरु आन्दोलनमा उत्रिनुपरेको एशोसियशनका अध्यक्ष बुद्धि बहादुर भट्टराईले बताउनुभएको छ ।

May be an image of 9 people, flute and text1

आफुहरुका माग पुरा नभए अतिरिक्त हुलाक कर्मचारी एशोसियसन केन्द्रिय समितिकै आयोजनामा देशभर चरणबद्ध आन्दोलन चर्काउने उहाँको चेतावनी छ । भोली असार ६ गतेदेखि ९ गतेसम्म हुलाकमा धर्ना दिने,असार १० गतेसम्म पनि माग पुरा नभए देशभरका जिल्ला हुलाक र इलाका हुलाक कार्यालय बन्द गराउने र त्यसपछिपनि माग सम्बोधन नभए काठमाडौं केन्द्रित आन्दोलन गर्ने उनिहरुको चेतावनी छ ।

May be an image of 4 people, people smiling, temple, tree and text

अध्यक्ष भट्टराईकै नेतृत्वमा धनचौर,जुकेना,ढिकुरा,नरपानी,अड्गुरी लगायत जिल्लाभर रहेका २९ वटा अतिरिक्त हुलाकका कर्मचारीहरु आज सन्धिखर्कमा आएर बिरोध प्रदर्शन गरेको बताइएको छ ।

May be an image of 4 people, people smiling, temple, tree and textMay be an image of 9 people, flute and text