सर्वाेच्चले भन्यो– ‘उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्धा फिर्ता नलिनू’

 

1

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बिहीबार सर्वाेच्चका न्यायाधीश मनोजकुमार शर्माको एजलासले चलाउनेमाथि आक्रमण गर्नेहरुमाथिको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नर्न अन्तरिम आदेश दिएको हो ।

 

1

मुद्धा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्ने आदेशसँगै मुद्दा फिर्ता लिनुको कारण पेश गर्न पनि सर्वाेच्चले सरकारलाई आदेश दिएको छ । गत जेठ ३० गते उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको भएको थियो ।

सरकारले चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णय गरेसँगै उपप्राध्यापक चलाउने चलाउने त्रिवि परिसरमा अनसनरत छन् ।

बुधबार आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध बुधबार सर्वोच्च पुगेका थिए ।