स्वास्थ्य सम्बन्धिकाे जनचेतना जगाउन बसन्तपुरमा अाेलम्पिक दिवस मनाइयाे (तस्बिर सहित)

1

-केके मानन्धर,  काठमाण्डौ ।

काठमाडौं,असार ८ गते । काठमाडौंकाे बसन्तपुरमा चाैंथाे विश्व अाेलम्पिक दिवस मनाइएको छ । नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिसन नेपालले स्कुलमा अध्ययनरत छ सय बालबालिकाहरूलाई सहभागी गराएर अाेलम्पिक दिवस मनाएकाे हाे ।

May be an image of bicycle and text

अन्तर्राष्ट्रिय अाेलम्पिक कमिटीले स्वास्थ्य सम्बन्धिकाे जनचेतना जगाउन सन् १८९४ देखि जुन २३ तारिखमा विविध कार्यक्रम गरि विश्व अाेलम्पिक दिवस मनाएपनि नेपालमा भने केहीवर्ष अघिदेखि मात्र याे दिवस मनाउन सुरू गरिएको छ ।

May be an image of one or more people, crowd and text

कार्यक्रममा बाईस वटा प्रि-स्कुलका बालबालिकाहरुले मुरल पेन्टिङ गरेर अाआफ्ना कला र खेलकुदप्रतिको भावनाहरु व्यक्त गरेका थिए ।

May be an image of 7 people, Saqsaywaman and text

‘प्रि-स्कुलका बालबालिकाहरुमा खेलकुदप्रतिको अवधारणालाई विकाश गरी सृजनशील कृयाकलापमा अावद्ध गराउने हाम्रो उद्देश्य हाे । यसले बच्चाहरूकाे शारीरिक स्वास्थ्य तथा सर्वाङ्गीण विकाशमा टेवा दिन्छ भन्ने हाम्राे बुझाइ छ ।’ कार्यक्रम अायाेजक संस्थाकी सचिव सम्झना बस्नेतले बताइन् । यस अघिकाे वर्षमा पनि करिव हजार जना बालबालिकाहरूलाई सहभागी गराएर दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएको उनले दाबी गरिन् ।

May be an image of 3 people, child and text

अायाेजकले बच्चाहरूलाई स्वास्थ्य सम्बन्धिकाे जनचेतनासँगै संस्कृति र सम्पदाकाे जानकारी दिने उद्देश्यले कुमारीघरकाे अवलोकन भ्रमण पश्चात् जिवित देवी कुमारीकाे पनि दर्शन गराएकाे थियाे ।

तस्बिर – के के मानन्धर , काठमाण्डौ