– केशब घिमिरे, अर्घाखाची सम्बाददाता ।
सन्धिखर्क- नगरपालिका , वार्ड नं ७ को बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम फुदबाङमा सम्पन्न भएको छ । फुदबाङमा स्थित दिपेन्द्र होटेलको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा वार्ड बासिहरुको उलेख्य उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी प्रश्नकर्ताको प्रश्नको उत्तर दिदै वार्ड अध्यक्ष चुरा बहादुर के सी ले वार्डको बिकास सहित पारदर्शिता र सुशासनमा आफू सधै अहोरात्र खटिने प्रतिबद्दता जनाए । उनले सिमित श्रोत साधनको कारण समग्र वार्ड बासिको समस्या समाधान गर्न नसकिएको कुरा स्वीकार पनि गरे ।
वार्डमा भए गरेका कार्यहरु प्रती आफुहरु जिम्मेवार बताउदै उनले बिकास निर्माणका काम कारबाहीमा पारदर्शिता अपनाउन आफुहरु सधै कटिबद्द रहेको पनि प्रतिबद्धता जनाएका हुन । उनले वार्ड बासिहरुका समस्या समाधान सहित वार्डको बिकास र पारदर्शितामा आफू र समग्र वार्ड समिती सधै प्रतिबद्ध रहेको उल्लेख गरे ।
अर्घाखाँची मिडिया हाउसको सहजीकरणमा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य लक्ष्मण कंडेल ,वार्डका सम्पुर्ण जनप्रतिनिधि , राजनितीक दलका प्रमुख तथा प्रतिनिधि , वार्ड स्तरीय मेलमिलाप समितिका पदाधिकारी , स्वास्थ संस्था प्रमुख , वार्डमा भएका ६ वटा माध्यमिक र आधारभुत तहका स्कुलका प्रधानाध्यापक तथा प्रतिनिधि , सहकारिहरुका प्रमुख तथा प्रतिनिधि र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
थप तस्बिर :