अलिबाबाका संस्थापक अध्यक्ष, एशियाकै धनाढ्य ज्याक मा काठमाडौँमा

काठमाडौँ- चिनियाँ खर्बपति तथा अलिबाबाका संस्थापक अध्यक्ष ज्याक मा काठमाडौँ आइपुगेका छन् । मंगलबार उनी चार्टड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

1

विमानस्थल अध्यागमन विभागका प्रमुख रामबन्धु सुवेदीले एक घण्टा अघि मात्र नेपाल आइपुगेको बताए । उनका अनुसार उनी बंगलादेशबाट आएका हुन् ।

1

उनले भने, ‘ज्याक मा ले १५ दिनको भिसा लिएका छन् । सात जनाको संख्यामा छन् । व्यापारिक भ्रमणका लागि आएका हुन् ।’