कालो धन नियन्त्रणमा सरकारले पार्टी, ठूलो–सानो र अनुहार केही हेर्दैन : कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याई नगरेको बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन् ।

मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ, बायाँ केही पनि नहेर्ने समेत स्पष्ट पारे। मन्त्री गुरुङले वित्तिय अनुशासन उल्लंघन गर्नेहरुलाई सरकारले नछोडने समेत बताएका छन् ।

1

मन्त्री गुरुङले भने, ‘कालोधन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन । यसको हेलचक्र्याई भइरहेको सन्दर्भ उठेको छ । पटक्कै हेलचक्र्याई गर्न खोजिएको छैन । माथि होस् कि तल । दायाँ होस् कि वायाँ कोही पनि पीडकलाई छोडनु हुन्न । यदि हामी न्यायको पक्षमा उदभिन्छौं भने, यदि हामी पीडितको पक्षमा उभिन्छौँ भने माथिलाई छोडने, तललाई समात्ने हुँदै होइन । सरकार अहिले त्यही बाटोमा अघि बढिराखेको छ । ठूलो, सानो हामी हेर्दैनौँ । अनुहार पनि हेर्दैनौँ । राजनीतिक पार्टी पनि हेर्दैनौँ ।’

ad