अर्घाखाँची : चौपाया पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणमा ,भेटेनरी प्रमुख पौडेल

 

अर्घाखाँची – चौपायामा लाग्ने लम्पी स्किन रोगको भयावह अर्घाखाँची नियन्त्रणमा आएको पशु भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख बिष्नु प्रसाद पौडेलले बताउनुभएको छ । जिल्लाका छ वटै पालिकामा रोगको संक्रमण भएता पनि हालका दिन सम्म नियन्त्रणमा ल्याइसकेको उहाको भनाइ छ

No description available.1
यो समाचार तयार पार्दा सम्म अर्घाखाँची जिल्लामा ६२८० चौपाया संक्रमित भएको मा जम्मा १३७ पशु मरेका छन भने अन्यको उपचार भैसकेको छ । यो रोगबाट सबै भन्दा बढी शितगंगा नगरपालिकामा ३००० र सबै भन्दा कम मालारानी गाउँ पालिकामा १६५ पशु संक्रमित भएको पशु सेवा बिज्ञ केन्द्रका प्रमुख पौडेलले बताउनुभयो । पौडेलका अनुसार सबै भन्दा कम छत्रदेवमा ५ वटा र सबै भन्दा बढी पानीनिमा ३४ वटा पशु यो रोग बाट मरेका छन । हाल सम्म सन्धिखर्कमा २५० ,भुमिकास्थानमा १२६५ ,शितगङ्गामा ३००० ,पाणिनिमा १२०० छत्रदेवमा ४०० र मालारानीमा १६५ जनावर् सन्क्रमित भएका हुन ।

No description available.

के हो लम्पी स्किन ?
क्याप्री पक्स भाइरसको संक्रमणबाट बिशेषगरी गाई र गोरुमा लाग्ने यो रोग भैँसीमा भने कम मात्रामा देखिने गरेको छ । अफ्रिका महादेशमा उत्पति भएको यो रोग सन् २०१२ पश्चात् मध्यपूर्व, दक्षिणपूर्वी युरोप हुँदै सन् २०१९ मा एशियाको बंगलादेश चीन लगायत भारतमा समेत फैलिएको थियो ।

1

नेपालमा २०७७ सालको साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । त्यसपश्चात नेपालका ७ वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ । किसानका अनुसार यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ । गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखापर्छ ।

No photo description available.

लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरूले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । वर्षात्मा बढी देखिने यो रोग रोगी पशुहरूको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट सर्न सक्छ । संक्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पाइएको छ ।