गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

1

सल्यान । गुडिरहेको बसमा करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोट– ३, चारखोला भन्ने ठाउँमा ठट्टाबाट लत्रिएको बिजुलीको तारले बसलाई छुँदा बसमा करेन्ट प्रवाह भएको थियो । राप्ती लोकमार्गमा भएको उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा रोल्पाको गंगादेव गाउँपालिका– ४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका ४० वर्षीय छोरा टोपलाल डाँगी रहेको जनाइएको छ ।

1

रा१ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह भएको र उनीहरु घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सो घटनामा सल्यानकै छत्रेश्री गाउँपालिका– ६ का ३५ वर्षीय महेन्द्र वली गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उनलाई उपचारका लागि दाङ पठाइएको छ ।

ad