मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ: गगन थापा

1

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् ।

1

शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू पुनः काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए ।

1

नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्रीलाई नै पुनः प्रधानमन्त्री बन्नबाट रोक्न सक्नुपर्ने बताए ।

‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्नेकुरा पहिल्यै थाहा छ,’ उनले भने, ‘यो नभए यो भुतपूर्व प्रधानमन्त्री प्रधानमन्त्री बन्छ, त्यसले कल्पना पनि गर्न सक्दैन कि नेपालमा नयाँ प्रधानमन्त्री बन्नसक्छ । किनभने प्रधानमन्त्री बन्नेकुरा भुतपूर्व क्लवकै हुने जस्तो भयो । नेपालका राजनीतिक पार्टीहरु यस्ता भए । नेकपा एमालेले कसरी बदल्छ त्यो उहाँहरुको कुरा हो, नेकपा (माओवादी केन्द्र) ले कसरी बदल्छ त्यो उहाँहरुको कुरा हो । हामी काँग्रेसमा छाैँ, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ । त्यही कुरा गर्ने कोशिष गरेको हो । म त क्लियर छु, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली काँग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोशिस गरेको हुँ ।’

1

आफूले सबै साथीहरुको चत्त बुझाउन नसकेको तर पनि आफू नथाकेको उनले बताए । भने, ‘म अझै थाकेको छैन, हारेको छैन । नेपाली काँग्रेसबाट भुतपूर्व भएको प्रधानमन्त्री काँग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन, । त्यसकारणले गर्दा फेरि काँग्रेसको संसदीय दलको नता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु । सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु । त्यो बदलिनै पर्छ । बदल्ने ठाउँ दिइएको छ, त्यो भनेको दलभित्रै छ । अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ ।’

महामन्त्री थापाले काँग्रेसले मिसन २०८४ नभई २०८० र २०८१ को शुरु गर्न जरुरी रहेको बताए । सबै पार्टीहरु मिसन २०८४ मा लागेकाले काँग्रेस यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने उनको भनाइ थियो ।

ad