काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्लाई सम्बोधन गर्दै प्रतिपक्षले राजीनामा माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो भनेर प्रश्न गरेका छन्। आफ्नो अभिव्यक्ति आएपछि उठेका प्रश्न तथा टिप्पणीको स्पष्टीकरण दिने क्रममा यस्तो बताएका हुन्।
संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई आफ्ना कुरा राख्नका लागि अवसर नदिइएको भन्दै आपत्ति जनाए। प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै अडान लिएको कुराप्रति उनले आपत्ति जनाएका छन्।
साथै प्रमुख प्रतिपक्षी दल एमालेलाई लक्षित गर्दै उनले यसरी राजीनामा माग्नु लोकतान्त्रिक पद्दति नभएको पनि बताए।