ललिता निवास प्रकरण;मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्वकर्मचारी पक्राउ

 

 

काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका थप दुई पूर्वकर्मचारी पक्राउ परेका छन् । मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्वकर्मचारीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । मालपोत कार्यालयका नायवसुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई मन्त्रिपरिषद्‌बाट भएका निर्णयको अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरी नासु पौडेल हुँदै प्रमुख मालपोत अधिकृत कलाधर देउजासमक्ष पेस गरिएको आरोपमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनीहरूले तयार पारेको नक्कली फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले स्वीकृत गरेका थिए । देउजा सहसचिवमा अवकासप्राप्त कर्मचारी हुन् ।

1

मंगलबार पक्राउ परेका दुई पूर्वकर्मचारी योगराज पौडेल र नारायणराज मिश्रसहित हालसम्म १४ जना ललिता निवास प्रकरणमा प्रहरी नियन्त्रणमा परिसकेका छन् ।

ad