मौसम : देशभर पानी पर्ने, बाढी-पहिरोको जोखिम

1

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेकोले आज देशभर हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

1

आजदिनभर सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षा को समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

भोलि मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै आइतबार मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई भूभागमा हावा हुरीको सम्भावना रहेको छ ।

सोमबार पनि मनसुनी वायुको प्रभाव कायमै रहने हुँदा सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको हुनाले यसबाट बाढी, पहिरोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

ad