एमसीसीको बिना अबरोध कार्यान्वयन हुनुपर्छ : प्रदीप ज्ञवाली

1

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी सदनबाट पारित भइसकेको परिप्रेक्ष्यमा अब त्यसलाई बिना व्यवधान कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुको भ्रमणका क्रममा एमाले नेतृत्वसँग भएको कुराकानीको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले भने, ‘एमसीसी परियोजना पारित भइसकेको परिप्रेक्ष्यमा त्यसको बिना व्यवधान समयसीमाभित्रै कार्यान्वयन हुनुपर्छ भन्ने हामी ठान्छौं। तिनै विषयमा कुराकानी भएको छ।’ एमाले अध्यक्ष केपी शर्मा ओली र लुबीच शुक्रबार ओली निवास बालकोटमा भेट भएको थियो। त्यहाँ एमसीसीका विषयमा पनि कुराकानी भएका थिए।
1

नेपाल-अमेरिका दुईपक्षीय सम्बन्धका विविध पक्षहरुका बारेमा पनि भेटघाटमा छलफल भएको ज्ञवालीले बताए।

‘हामी नेपालको विकासमा सहयोगी हुनसक्ने अन्य मित्रराष्ट्रहरुबाट प्राप्त हुने सहायतालाई पनि व्यवस्थित ढंगले राष्ट्रिय हितमा कार्यान्वयन गरिनुपर्छ भन्ने पक्षमा छौं। हामीले त्यही कुराहरु सम्प्रेषित गरेका छौं’, ज्ञवालीले भने।

ad