अर्घाखाँची : सन्धिखर्क-७ डिहिडाँडामा पहिलो पटक पुष्प खेती शुरु (तस्बिर सहित)

1

-सागर महत ,अर्घाखाची ।

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ७ को डिहिडाँडामा पहिलो पटक पुष्प खेती सुरु गरिएको छ । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले उद्घाटन गर्नुभएको हो ।

1

पुष्पमा जिल्लालाई आत्मनिर्भर बनाई युवाहरुको विदेश पलायन रोक्न व्यवसायिक सयपत्रीको खेतीले केही भएपनि टेवा पुग्ने उहाँको भनाई छ ।

No description available.

कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले आवश्यकताको आधारमा समन्वय गरेर काम गर्न तयार रहेको बताउनुभयो । यस्तै, बाझो जमिनलाई सही सदुपयोग गरि नगदे बालीमा लाग्दा राम्रो प्रतिफल आउने दाबी गर्नुभयो ।

No description available.

२ वर्ष अगाडि अर्घाखाँचीका युवाको पहलमा संचालन गरेको फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिसर्च प्रा.लि बुटवल रुपन्देहीको शाखाको अर्घाखाँचीमा शाखा विस्तार गरिएको हो ।

No description available.1

३ रोपनी क्षेत्रफलमा ३ हजार ५ सय सयपत्री फुलका विरुवा र अन्य १ हजार ५ सय विरुवा रोपिएका कम्पनीका प्रमुख राजेश कुवरले जानकारी गराउनुभयो ।

थप तस्बिर: सागर महत 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.