अर्घाखाँची : नेपाल प्रेस युनियन अर्घाखाँचीको जिल्ला अधिवेशन भोली ३ गते हुँदै , अधिवेशनको तयारी अन्तिम चरणमा ।

1

-अर्घाखाची डट्कम।

अर्घाखाँची – लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आठौ जिल्ला अधिवेशन तथा १३ औं साधारणसभा भोलि अर्थात् श्रावण ३ गते हुदैछ। अधिवेशनले नयाँ नेतृत्व चयन पनि गर्ने छ । ३ गते बुधवार बिहान ११ बजे बि. पि. स्मृति भवनमा उद्घाटन गरिने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको प्रेस युनियन अर्घाखाँचीका  सभापति बिरेन्द्र के. सी. ले जनाएका छन ,अधिबेशनलाई भब्य रुपमा सम्पन्न गर्नका लागी सकृयाताका साथ सहभागी हुन उनले सबै सदस्यहरुलाई अनुरोध गरेका छन।  अधिवेशन भब्य सभ्य रुपमा सम्पन्न गर्नको लागि सम्पुर्ण पदाधिकारी , केन्द्रिय – प्रादेशिक प्रतिनिधि , क्रियाशील सदस्य तथा सुभेच्छुक सबैको साथ सहयोग आवश्यक रहेको पनि सभापति के. सी .को भनाइ रहेको छ ।

1

लोकतन्त्रबादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ सालमा भएको हो। युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारको हक अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ।

No description available.

विशेषगरी प्रजातन्त्रलाई संस्थागत गर्दै श्रमजीवीका हकहितमा आवाज उठाउने उद्देश्यका साथ स्थापना गरिएको नेपाल प्रेस युनियनले स्थापनाकालदेखि नै आफ्नो उद्देश्य प्राप्तीका लागि सङ्घर्ष गर्दैआएको छ । पत्रकारिता व्यवसाय प्रजातन्त्रमा मात्र फस्टाउने सास्वत सत्यलाई मध्यनजर गर्दै युनियन भित्र प्रजातन्त्र प्रति पूर्ण आस्थावान् श्रमजीवी पत्रकारहरु आबद्ध रहने कुरा युनियनको विधानमा उल्लेख छ । युनियनको आदर्श, मूल्य, मान्यता र उद्देश्यलाई शिरोधार्य गर्नेहरु नै यसको सदस्य रहने प्रावधान राखिएको छ । युनियन मात्रै यस्तो एउटा श्रमजीवी पत्रकारहरूको संस्था हो जसले श्रम विभागबाट मान्यता पाएको छ । स्थापनाकालदेखि युनियनको विधान २०४८ स्थापना गरी उद्देश्यहरु निर्धारण गरिएका छन् ।

नेपालका सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरूको हक, हित र सम्मानको रक्षा गरी उनीहरूको सर्वाङ्गीण विकासमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै, श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षालाई सुनिश्चित गर्न आम प्रजातन्त्रवादी पत्रकारहरूलाई एकताबद्ध र संगठित गर्दै उनीहरूको ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्ने उद्देश्यले प्रेस स्वतन्त्रताका आधारभूत मूल्य, मान्यतालाई अक्षुण राख्दै विश्व पत्रकारितामा आएका नयाँ आयाम र तौर तरिकामा वैचारिक ऐक्यबद्धताका साथ स्वायत्त र सशक्त प्रजातान्त्रिक संस्थाको रूपमा विकसित गर्ने युनियनको उद्देश्य रहेको छ ।

No description available.

उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारिताको संस्थागत विकासमा क्रियाशील हुदैं स्वतन्त्र प्रेसको विश्वव्यापी मर्म, मान्यता, आचरण र आदर्शलाई परिपालना गर्ने, सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशिल रहनु युनियनको उद्देश्य हो । त्यस्तै श्रमजीवी पत्रकारहरूको उचित श्रम, अभ्यास र पेशा तथा रोजगारीको अधिकारको संरक्षणका लागि नेतृत्व प्रदान गर्ने तथा राष्ट्र, समाज र आम नागरिक तथा पत्रकार जगतको हितका साथै स्वच्छ पत्रकारिताको प्रवद्र्धनका निम्ति सक्रिय रहने युनियनको उद्देश्य रहेको छ ।