कांग्रेस केन्द्रीय समिति बैठक: प्रत्यक्ष प्रसारणका कारण खुलेर बाेल्न नपाएकाे केन्द्रीय सदस्यको गुनासाे

1

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेसबुकमार्फत प्रत्यक्ष प्रसारण भैरहेको छ । मंगलबारबाट जारी बैठकबारे पार्टी मुख्यालय सानेपामा केन्द्रीय सदस्यहरूमा जिज्ञासा धेरै देखिन्छ ।

प्रत्यक्ष प्रसारणका कारण खुलेर बाेल्न नपाएकाे केन्द्रीय सदस्यको गुनासाे  

प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा सभापति शेरबहादुर देउवा कसरी पुगे भन्ने जिज्ञासा सानेपामा सुनिन्छ । केन्द्रीय सदस्यहरू सभापति देउवालाई सो सुझाव दिने को हो भन्ने जिज्ञासा पनि राखिहन्छन् । पक्ष र विपक्षको तर्क वितर्क पनि उस्तै छ ।

खुलेर बोल्न नपाएको, बहस राम्रो नभएको केन्द्रीय सदस्यहरूको गुनासो छ । गठबन्धनले कांग्रेसको माहोल बिग्रियो अरू पार्टीको भोट बढ्योसमेत भन्न नपाएको केन्द्रीय सदस्यहरूको गुनासो छ ।

कांग्रेस बैठक : आज के के भयो ?1

प्रत्यक्ष प्रसारणको आम जनतामा कस्तो ‘फिडब्याक’ छ भन्ने जिज्ञासा पनि केन्द्रीय सदस्यहरूको छ ।

कांग्रेसको जनमत खस्किनुमा गठबन्धन गर्नु र अन्य दलको भूमिका रहेको समेत भन्न नपाइको गुनासो सानेपामा छ । त्यस्तै आफ्नै पार्टीले अन्तर्घात गरेर चुनाव हराएकको कुरा पनि केन्द्रीय सदस्यहरूले खुलेर राख्न सकेका छैनन् ।

काँग्रेस नेतृको अनुभव : पार्टीमा महिलालाई पूजिन्छ तर नेतृत्व स्वीकार गरिँदैन

आगामी दिनका चुनाव जित्न अन्य दलको सहयोगसमेत चाहिने भएकाले नेताहरू बोल्न डराएका हुन् । भिडियो प्रमाणका रुपमा रेकर्ड बस्ने भएकाले बोल्दा केन्द्रीय सदस्यहरू आफूलाई आगामी दिनमा राजनीतिक रुपमा सुरक्षित राख्नेगरी प्रस्तुत भएका छन् ।

ad

आजको बैठकमा केन्द्रीय सदस्यहरू— जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ्ग, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा वि.क., विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले भनाइ राखेका थिए ।

1

यस्तै आमन्त्रित प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) ले आ–आफ्ना धारणा राखेका  थिए ।