भोलि श्रावण ६ गते ४१ औं बि. पि. स्मृति दिवस काङ्ग्रेसले देशभर रुख रोपेर स्मृति दिवस मनाउदै

1

केशबराज ज्ञवाली

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्दा जननायक बि. पि. कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा नेपाली काङ्रेसले देशभरिका ७५३ तहमा रुख रोप्ने अभियान अनुसार सबै काङ्ग्रेस निकट सम्पुर्ण संघ सस्था , सुभेच्छुक संस्था , प्रदेश ,पालिका , वार्ड तहका कार्यसमितीका सबै लाइ बृक्षारोपण कार्यमा सहभागी हुन र सहभागी गराउन जिल्ला कार्यसमितिहरुलाइ निर्देशन गरेको छ ।

No description available.

महामन्त्री गगन थापा द्वारा हस्ताक्षरित श्रावण ३ गतेको पत्र अनुसार नेपालि काङ्ग्रेसले यस्तो निर्देशन दिएको हो । पत्रमा रोपिएका रुख बिरुवाहरुको उचित संरक्षणमा लाग्न पनि निर्देशन गरिएको छ । यसै अन्तर्गत अर्घाखाँचीमा पनि काङ्ग्रेसले जिल्लाका ६ वटै पालिकामा बृक्षारोपण गर्ने भएको पार्टी जिल्ला सचिव कृश्न खनालले अर्घाखाँची डटकमलाइ जानकारी दिए ।

No description available.

 

1

सन्धिखर्क नगरपालिकाको पाणिनी क्याम्पसमा र अन्य पालिकाहरुका पनि विभिन्न स्थानमा रुख रोप्ने तयारी भएको पनि खनालले जानकारी दिएका हुन

को हुन् बि .पी . कोइराला ?

नेपालका २२ औं प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको जन्म १५ डिसेम्वर १९६० का दिन भारतको बनारसमा भएको थियो। उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। उनी नेपाली, हिन्दी भाषाका साहित्यकार थिए। उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, वि.सं. २०१५ देखि २०१७ सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे।

No description available.

उनका पिता कृष्णप्रसाद कोइराला राजनीतिक पृष्ठभूमिका व्यक्ति थिए। त्यसैले सानैदेखि बिपीमा राजनीतिक छाप पर्दै गयो। बिपी राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो। आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ मातृकाप्रसाद कोइरालालाई सन् १९८७ मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्‍यो। यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो।

No description available.

उनले सन् १९८९ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे। त्यसपछि बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गरे। अध्ययन पूरा गरेपछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानून पेशामा काम गरे। विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजीक थिए। सन् १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्‍यो। त्यहाँबाट छुटेपछि उनले वि.सं. २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो।

वि.सं. २००४ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्‍याे। सन् १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरू गरे। २००७ सालमा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो। त्यसपछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने।

No description available.

वि.सं. २०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे। उनको सरकार १८ महिना मात्र सरकारमा रह्यो। बि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे। त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैदमा राखियो।

वि.सं. २०२५ सालमा उनलाई बनारस निर्वासनमा जान दिइयो। वि.सं. २०३३ सालमा उनी नेपाल फर्के। तर तत्कालीन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा जेलमा राखियो। अन्तर्राष्ट्रिय दबाबका कारण १९३५ मा उनका विरूद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लियो। वि.सं. २०३६ सालको आन्दोलनका बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो। उनको मृत्यु वि.सं. २०३९ सालमा काठमाडौंमा भयो।

ad