–केशवराज ज्ञवाली
अर्घाखाँची- जननायक बि .पि . कोइरालाको ४१ औ स्मृति दिवस्का अवसर पारेर काङ्ग्रेस अर्घाखाँचीको आयोजनामा जिल्लाका ६ वटै पालिकाका विभिन्न स्थानमा बृक्षारोपण गरिएको छ । नेपाली काङ्ग्रेसको रुख रोप्ने अभियान अन्तर्गत नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको सहजीकरणमा जिल्लाभर बृक्षारोपण गरिएको हो ।
जिल्लामा रहेका ६ पालिका मध्ये सन्धिखर्क नगरपालिकाको पाणिनी क्याम्पस प्राङ्गण र आसपासको क्षेत्र , भुमिकास्थान नगरपालिकाको पोखेडाडा , शितगंगा नगरपालिकाको भेडामारा , पाणिनी गाउपालिका वार्ड ५ को मैदान , छत्रदेव गाउपालिकाको छत्र महाराज मन्दिर प्राङ्गण र आसपासको क्षेत्र र मालारानी गाउपालिकाको आदर्श मा बि प्राङ्गण र आसपासको क्षेत्रमा बृक्षारोपण गरिएको काङ्ग्रेस अर्घाखाँचीले जनाएको छ ।
सन्धिखर्कको पाणिनी क्याम्पसमा भएको बृक्षारोपणमा नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिश्नु मुस्कान , काङ्ग्रेस जिल्ला सभापती केशब श्रेष्ठ , जिल्ला सचिव कृश्न खनाल लगायत प्रदेश, जिल्ला, पालिका स्तरका नेता , कार्यकर्त ,पत्रकार लगायतको उल्लेख्य उपस्थिती थियो ।
वृक्षारोपण कार्यक्रममा बोल्ने बक्ताहरुले बी .पि. कोइरालाको योगदानको चर्चा गरेका थिए । स्व. कोइरालाको मेलमिलापको निति अहिलेको अवस्थामा झनै सान्दिर्भिक रहेको भन्दै बी .पि . बिचारधारा अनुसरण गर्नुपर्नेमा जोड दिएका थिए रोपिएका बिरुवाहरुको उचित स्याहारको प्रवन्ध पनि गरिने काङ्ग्रेसले जनाएको छ ।