केशबराज ज्ञवाली
नेपाली काङ्ग्रेस अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा श्रावण १९ गते एकै पटक पालिका समेलन गर्ने भएको छ । नेपाली काङ्रेसको बिधान २०१७ को नवौ संशोधनमा ब्यबस्था भए अनुरुप पालिका तथा प्रदेश सम्मेलनहरु गर्ने निर्णय काङ्ग्रेस अर्घाखाँचीको साउन ५ गते बसेको बैठकले गरेको हो ।बैठकको निर्णय सार्वजनिक गर्दै काङ्रेस अर्घाखाँचीले आज बिग्यप्ती निकाल्दै साउन १९ गते पालिका सम्मेलन र साउन २७ गते प्रदेश सभा क र ख को प्रदेश सम्मेलन भब्य रुपमा सम्पन्न गर्न निर्देशन गरेको हो ।
काङ्रेस अर्घाखाँचीका प्रभाक्ता सुर्य भुसाल द्वारा हस्ताक्षरित जानकारी पत्रमा माताहतका कमिटिहरुलाई यथाशिघ्र सम्मेलनको तयारीमा जुटी सम्मेलनलाई भब्य सभ्य बनाउन निर्देशान् पनि गरिएको छ ।
काङ्रेस अर्घाखाँचीले यस् अघी असार ९ गत्र एकै पटक जिल्लाका ६१ वार्डमा एकै पटक वार्ड सम्मेलन गरिसकेको छ ।
कांग्रेसको संगठन सुध्रिढिकरण , पार्टी रुपान्तरण सहितको नारा बोकेर काङ्रेस अर्घाखाँचीले यो पालिका र प्रदेश सम्मेलन पछी, जिल्ला सम्मेलन गर्ने तयारी गरिरहेको बताइएको छ । काङ्ग्रेस अर्घाखाँचीले वार्ड सम्मेलनहरु भब्य र सभ्य रुपमा सम्पन्न गर्न ६१ वटै वार्डमा जिल्ला प्रतिनिधि खटाइ उनिहरुको उपस्थितिमा सम्मेलन गराएको हो ।
वार्ड सम्मेलनमा पार्टिको बर्तमान अवस्था, पार्टी प्रती जनताको नैराश्यता , अब संगठनलाई चुस्त दुरुस्त र जनमुखी कसरी बनाउने भन्ने बिशयमा व्यापक छलफलहरु भएको बताइएको छ ।