गुल्मीका भौतिकशास्त्री डा. ज्ञवाली ‘अन्तर्राष्ट्रिय युवा वैज्ञानिक अवार्ड’ बाट विभुषित

1

गुल्मी । गुल्मीका भौतिकशास्त्री डा. घनश्याम ज्ञवाली ‘अन्तर्राष्ट्रिय युवा वैज्ञानिक अवार्ड’ बाट विभुषित भएका छन् । गुल्मी जिल्लाको बलिथुममा जन्मिएर सन् २०१२ देखि दक्षिण कोरियालाइ कर्म क्षेत्र बनाउंदै आएका डा. ज्ञवाली भर्खरै अन्तर्राष्ट्रिय युवा बैज्ञानिक अवार्ड (International Young Scientist Award) बाट विभुषित भएका छन् ।

1

स्थानीय थाक्सीपोखरा माध्यमिक विद्यालयबाट आफ्नो विद्यालयतहको शिक्षा लिई पाल्पा जील्लाको तानसेन अवस्थित त्रिभुवन बहुमुखी क्याम्पस बाट भौतिकशास्त्रमा बि.एस.सी सम्मको अध्ययन पुरा गरेका ज्ञवाली सन् २०१२ मा नेपाल सरकार द्वारा कोरियामा कामदार पठाउने पद्धति ई.पि.एस बाट पहिलो पटक कोरिया प्रवेश गरेका थिए । करिब पाँच वर्षको पहिलो कार्यकाल पुरा गरेका ज्ञवाली आफ्नो अध्ययन नियमित अगाडि बढाउने उद्देश्यका साथ पुर्ण छात्रवृति प्राप्त गर्न सफल रहि सन् २०१७ मा कोरियाको दक्षिण पुर्वमा अवस्थित थेगु विश्वविधालयमा भौतिकशास्त्र अन्तर्गत Materials Science and Energy Engineering Laboratory मा भर्ना भएका थिए ।

ad

विशेष गरि Rechargeable battery tyf Supercapacitor विषयक खोज तथा अनुसन्धानमा उत्कृष्ठ उपलब्धिका साथ सन् २०१९ मा एम्.एस.सी पुरा गरेका ज्ञवाली सोहि ल्याबमै पुर्ण छात्रवृतिसंगै पि.एच.डि स्कलर बन्न सफल रहेका थिए । Green Energy, Its storage and conversion विषयक अनुसन्धानात्मक आलेखहरु (Research Papers) अत्यन्तै प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनरलमा करिब दुइ दर्जन पब्लिकेशन लगाएतको उपलब्धि संगै उनि सन् २०२२ मा पि.एच.डि उपाधिबाट विभुषित भएका थिए।

मास्टर्स डिग्री देखिनै विश्वविधालयमा उत्कृष्ठ छाप पार्न सफल रहेका डा. ज्ञवाली पि.एच.डि उपाधि लगत्तै सोहि विश्वविधालयमा Postdoctoral Position मा सिनिअर रिसर्चर बन्न सफल रहेका छन् भने आगामी महिना देखि रिसर्च प्रोफेसरमा पदोन्नति हुने खबर सुनाएका छन् । -गुल्मी न्युज

ad

 

अन्य समाचारहरु