सन्धिखर्क : कृषि उपज खरिद-बिक्री उदेश्य राखेको कृषि बजार बन्द , भाडामा लगाउने तयारी

1

-अर्घाखाची डट्कम।

सन्धिखर्क – शान्ती बगैचामा बनेको कृषि सहकारि बजार बन्द संगै अलपत्र परेको छ । ठुलै अपेक्षाका साथ निर्माण गरिएको सहकारि बजार कमजोर ब्यबस्थापन र दिर्घकालिन सोचको अभावमा लगानी खेर जाने अवस्थामा पुगेको हो । कृषि बजारले अपेक्षित परीणाम प्राप्त गर्न नसक्दा जिल्ला भित्रका साना सहकारिहरुको शेयर लगानी डुब्ने अवस्थामा आएको उक्त बजार सन्चालन समितिका एक सदस्यले अर्घाखाँची डटकमलाई बताए । २०७७ सालमा निर्माण सम्पन्न गरी सन्चालनमा ल्याएको भएता पनि त्यो लामो समय टिक्न सकेन । एक बर्ष सम्म संघका अध्यक्ष कंडेलले त्यस भवनमा आफै पसल गरेता पनि अहिले त्यो बन्द अवस्थामा छ ।

No description available.

कृषी सहकारी बजारमा लुम्बिनी प्रदेश सरकारको ५० लाख र कृषि सहकारी संघ अर्घाखाँचीको ५० लाख लगानी रहेको छ। सहकारि संघको रु ५० लाख लगानी भनेको जिल्ला भित्रका साना सहकारिहरुले लगानी गरेको शेयर रकम र कर्जा लगानी हो। एउटा सामान्य बचतकर्ताबाट उठाएर जम्मा पारीएको रकम लगानी गरेर डुब्ने अवस्थामा आएपछी साना सहकारीहरु चिन्तामा डुबेको सहकारी संचालकहरु बताउछन ।

यस बिषयमा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मण कंडेल संग किन कृषि बजार बन्द भयो ? भनी प्रश्न गर्दा आर्थिक अभावले नै बजार बन्द भएको प्रतिक्रिया दिएका छन । अर्घाखाँची डटकम सहकर्मी संग भएको कुराकानिका क्रममा उनले सरकारी संयन्त्रले पनि वास्ता नगरेको गुनासो गरे । भवन बनाउने क्रममा आफुहरुले पनि भवन बनाइदिन अनुरोध गरेको त्यसपछि बजारिकरणका बखत आवस्यक सहुलियत कर्जाको ब्यबस्था पनि सरकारले गर्न नसक्दा बजारलाइ प्रभावकारी बनाउन नसकेको उनले बताए ।

ad

यस्तै ,अब के यो भवन यत्तिकै रहन्छ ? भन्ने प्रश्न गर्दा कंडेलले भने अब यो भवन यत्तिकै रहन्न, हामिले भाडामा दिने निर्णय गरेका छौ । उनका अनुसार साथी सहकारी संग कुराकानी भइरहेको र अब तत्कालै लिखित सम्झौता गरि साथी सहकारिलाइ यो भवन भाडामा लगाउने तयारी भएको छ ।

No description available.

फाइल / तस्विर

1

निर्माणको बेला कृषकले उत्पादन गरेका कृषि उपजको खरिद तथा बिक्री वितरण गरिनुका साथै कृषकलाई आवश्यक पर्ने कृषि सामाग्रीको उपलब्ध गराउने कृषि सहकारी बजारको मुख्य उदेश्य रहेको कृषि सहकारी संघ अर्घाखाँचीका जिल्ला अध्यक्ष लक्ष्मण कडेलले निर्माणका बखत बताएका थिए । उनले त्यस बेला सो बजार सञ्चालनमा आएपछि कृषकले आफुले उत्पादन गरेका कृषि उपजहरुको सहि मुल्य पाउनुका साथै कृषकलाई आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु कृषकले उत्पादन गरेका बस्तुसंग साटन पाउने हुँदा कृषि पेशालाई अझै व्यवस्थित,परिस्कृत र बैज्ञानिक बनाउन महत्त्वपूर्ण भुमिका निवार्ह गर्न सक्ने विश्वास पनि ब्यक्त गरेका थिए ।
तर त्यो बन्द भवनले विश्वाश , भरोसा र लगानीको खिल्ली उढाएको छ् ।

ad