हितकारी गुणकारी तामा खानुका फाईदा : तरकारीहरुको राजा जसले गर्छ ,धेरै रोगको प्रतीरक्षा (तस्बिर सहित)

1

-दिपेन्द्र पौडेल, अर्घाखाची डट्कम।

अर्घाखाची ।  बाँसको तामामा न्यून क्यालोरी तत्त्वहरू हुन्छन् जुन कुरालाई हामी थाहा ‘छैन’ तेसैले अरु सामान्य तरकारी जस्तै ठान्न सक्छौं । त्यस्तै गरी यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, यसो हुनाले यो अब मधुमेहका रोगीहरूलाई पनि उपयुक्त परिकार भयो ।

ad

अर्कोतिर, अति न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउनमा ठूलो सहयोग पुयाउँछ । त्यस्तै गरी तामा खाद्यपरक तन्तुयुक्त हुनेहुनाले यसलाई पाचक शक्ति बढाउन पनि प्रयोग गर्न सकिन्छ। यसमा फ्याट अनि सुगर पनि नगण्य हुने हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ, त्यसैले यो खाद्य परिकारलाई मुटुको स्वास्थ्यमैत्री खाद्य पनि भनिएको छ । तामाले पुरुषहरूको यौन क्षमतालाई सक्रिय बनाउन मद्दत गर्दछ यौन दुर्लभलाई घटाउछ।

No description available.

त्यस्तै गरी तामामा प्रोटिन खनिज पनि हुन्छ जसमा शरीरलाई चाहिने एमिनो एसिडको सबै प्रकारका मात्रा यथोचित राख्न भुमिका खेल्छ। यसले स्वास प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ ।

No description available.

फोक्सोमा फ्लेम (खोकी ) जमेको छ भने त्यसलाई निकाल्न, सहयोग गर्छ खोकी लाक्दैछ भने त्यसको नियन्त्रणको निम्ति, फोक्सो सुन्निएको अवस्थामा त्यसलाई ठीक गर्न तामा उचित खाद्य परिकार हो । त्यस्तो राम्रो प्रोटिनको स्रोत भएको तामाले शरीरको प्रतिरोधक क्षमता पनि बढाउँछ।

तामामा भिटामिन बी6, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ । त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।

No description available.

यी भिटामिनहरू र मिनेरलहरूको उपस्थितिले यो सब्जीलाई हाम्रो इम्युन सिस्टम वा रोग प्रतिरोधक क्षमता अझ सशक्त तुल्याइदिने प्राकृतिक क्षमतावान बनाइदिएको छ। तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल,एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ अथवा हाम्रो शरीरमा सजिलै क्यान्सर रोगको विकास हुँदैहुँदैन । तामाको सब्जी खानेहरूमा क्यान्सर हुने डर कम हुन्छ र क्यान्सर विकास हुने स्थितिलाई नियन्त्रण गर्दछ।

No description available.

पेटको दुखाइका साथै अल्सर तथा आन्ध्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ । यस्तै गरी तामाको रसमा यस्ता तत्त्वहरू पनि शोधगर्दा भेटियो कि जसले महिलाको मासिक श्राव नियमित गर्न सहयोग पुग्दछ । यसमा हुने तत्त्वले अधिक वा न्युन मासिक श्रावलाई नियन्त्रित गर्दछ । त्यसबाहेक यसले कतिपय गाइनोकलजिकल समस्याहरू पनि नियन्त्रित गर्दछ ।

1

तामामा हुने एक प्रकारको तत्त्वले गर्भवती अवस्थाको अन्तिम महीनामा महिलालाई यथासमयमा प्रसवको निम्ति औषधिकै काम गर्छ। प्रसव समय लम्बिएर जाँदैन । तामाले यसबाहेक पिसाबघरका कतिपय समस्याहरू (पिसाबनली संकीर्ण भएको अथवा अति विस्तृत भएको अवस्थामा, स्त्री-पुरुष दुवैको) त्यसलाई सही बनाउन पनि औषधिको काम गर्छ । पाचन समस्यामा तामा उपयोगी खाद्य परिकार हो ।

रक्तचापमा पनि तामा उपयुक्त सब्जी हो । रगतमा सोडियम (नुनजन्य पदार्थ) – को मात्रा धेरै हुँदा रक्तचाप बढेको हो भने पोटासियमको मात्रा धेरै हुने तामाले रक्तचाप नियन्त्रण गर्नमा सहयोग गर्दछ । यसमा हुने उच्च गुणयुक्त एण्टिएनल्जेसिक तत्त्वहरूले मानिसमा अवसाद वा नैराश्यता कम गर्ने, छटपटी कम गर्ने काम गर्छ भने मानसिक सक्रियता बढ़ाउने काममा पनि यसमा हुने पोटासियम र अन्य तत्त्वहरूले सहयोग गर्दछ ।

यदि सबै गुणयुक्त कुनै पनि स्वस्थकर सब्जी तामा एक नम्बरको खाद्य हो ,यसका फाइदाहरु : 

बाँसको तामामा खाएमा मुटुसम्बन्धी तथा फोक्सो सम्बन्धी रोगको सम्भावना कम हुन्छ ।
यसले कोलस्ट्रोल नियन्त्रणमा राख्न मद्दत गर्छ ।
विभिन्न घाउ तथा चोट ठीक गर्न तामा उपयोगी हुन्छ ।
यसमा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन सहयोग पुर्‍याउछ ।
यसमा कम कार्बोहाइड्रेड हुन्छ त्यसैले यो मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ ।
तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम न्युन हुन्छ ।
ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम मानिन्छ ।
पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्नुका साथै पाचन प्रक्रियामा फाइदा पुर्‍याउँछ ।
रक्तचाप नियन्त्रणमा राख्न मदत खेल्छ ।

No description available.ad