आजबाट प्लास्टिकको पातलो झोलामा प्रतिबन्ध

1

काठमाडौं । काठमाडौ महानगरपालिकाले आइतबारदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री बितरणको अनुगनम तीब्र बनाउने भएको छ । त्यसका लागि काठमाडौं महानगरपालिकाको वातावरण विभागले तालिम दिएका ५० जना नगर प्रहरीलाई माइक्रोन नाप्ने मसिनसहित अनुगमनमा खटाइने छ ।

ad

महानगरपालिकाले यही श्रावण १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा, र मालामा प्रतिबन्ध लगाइसकेको छ ।

यसअभि २०७२ साल बैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो । भुकम्पका कारण कार्यन्वयन हुन नसकेपछी सो नियम पुन ब्युँताएर फेरि कार्यन्वयनमा ल्याउन लागिएको हो । नेपालमा झण्डै २ सय वटा प्लास्टिक उद्योग रहेका छन् ।

ad