भ्रष्टाचार र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम रोकिँदैनः प्रधानमन्त्री प्रचण्ड

1

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने बताएका छन्। आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ। यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन निरन्तर अगाडि बढनेवाला छ’, प्रधानमन्त्री प्रचण्डले भने।

ad

नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि यो लडाई जित्नैपर्ने भन्दै प्रचण्डले यो कुनै आवेग र राजनीतिक स्टण्ट पनि नभएको स्पष्ट पारे। उनले लाखौ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै आउने दिनमा अरु भ्रष्टाचारका फायल खुल्दै जाने पनि बताए। उनले आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको व्याटल जितिने बताए।

ad