देशभर ७७ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन १२ गतेसम्म ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । गत वर्षको यसै अवधिमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।मन्त्रालयका अनुसार देशभर कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनुपर्नेमा १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो ।
प्रदेशगत रुपमा हेर्दा अन्न भण्डारको रुपमा परिचित मधेस प्रदेशमै सबैभन्दा कम रोपाइँ भएको छ । सो प्रदेशमा जम्मा ५९ प्रतिशत रोपाइँ भएको छ । धानखेती हुने सबैभन्दा बढी क्षेत्रफल यहीं प्रदेशमा पर्दछ । प्रदेशको ३ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुनुपर्नेमा २ लाख ९ हजार हेक्टर क्षेत्रफलमा राेपाइँ भएको छ ।
त्यस्तै कोशी प्रदेशमा ८४, वाग्मतीमा ७२, गण्डकीमा ८२, लुम्बिनीमा ८१, कर्णलीमा ८५ तथा सूदुरपश्चिममा ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यसपालि समयमै वर्षा नहुँदा धान रोपाइँ समयमै हुन नसकेको हो । यद्यपि धान रोपाइँ हाल बढ्दै गएको मन्त्रालयको दाबी छ