अर्घाखाँचीमा बाँदर आंतक: ६ वटा नै स्थानीय तहमा बाँदरले मकैलगायतका बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित

1

-सागर महत

अर्घाखाँची । अर्घाखाँचीमा बाँदरले मकैबाली सखाप पारेको छ । जिल्लाका ६ वटा नै स्थानीय तहमा बाँदरले मकैलगायतका बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । सबै काम छाडेर बाँदर धपाउन खट्दा पनि मकै जोगाउन नसकिएको गुनासो किसानहरुले गरेका छन् ।

ad

सन्धिखर्क ८ किमडाँडाका कृषक उमकला बन्जाडेले बाँदरले धेरैजसो मकैबाली नष्ट गरेको बताउनुभयो । भुमिकास्थान ९ का ईन्दु पोख्रेलले पनि बाँदरले मकैबाली सखाप पारेको भन्दै बिहान झिसमिसेमै बारीमा पुग्ने र साँझ घाम अस्ताउने बेलासम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

May be an image of 1 person and spring greens

अर्घाखाँचीमा मकै प्रमुख अन्नबाली हो । तर, बाँदरबाट जोगाउन मुश्किल भएपछि किसानको लगानी, मेहनत मात्रै खेर गएको छैन उनीहरुलाई अनिकालको पनि चिन्ता भएको छ ।

ad