रविका १०० दिन : चितवन-२ का महिलाका लागि रवि लामिछानेले चलाए नि:शुल्क ‘ब्लु बस’

1

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा चितवन २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाका लागि नि:शुल्क बस सेवा सुरु गरेका छन्।

ad

उक्त क्षेत्रका महिलाले निःशुल्क सेवा पाउनेगरी बुधबार ‘ब्लु बस’  सेवा शुभारम्भ गरिएको छ। निलो रङको  उक्त बस उनको निर्वाचन क्षेत्र शक्तिखोरबाट सुरु भएर भरतपुरका विभिन्न रूटहरू चल्ने बताइएको छ।

सेवा लिनका लागि पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाइएको छ। बसमा महिलाहरूका लागि आवश्यक पर्ने स्यानिटरी प्याडलगायत रहने उनले बताएका छन्। त्यसैगरी महिलाले गुनासो आफूलाई लेखि पठाउन सूचना बक्स पनि  राखिएको बताए।

निर्वाचन क्षेत्रका ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाका लागि निःशुल्क मोबाइल क्लिनिक चलाउने पनि घोषणा गरेका छन्। निलो रङकै एम्बुलेन्सले एक एमबिबिएस डाक्टरसहित घुम्ति सेवा दिने उनले बताएका छन्। त्यसको सुरुवात पनि बुधबार नै गरिएको छ।

1

नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर विपन्नका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छन्। विपन्न नागरिकको पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिने उनले बताए। पहिलो चरणमा चितवन २ का एक सय जना विपन्नले उक्त सेवा पाउनेछन्।

ad