केशबराज ज्ञवाली
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले प्रथम पालिका सम्मेलनको तयारीलाई तिव्रता दिएको छ । पार्टीले यहि श्रावण १९ गते गर्ने पालिका सम्मेलनलाई व्यापक बनाउनको निम्ती ६ वटै पालिकाहरुमा निर्देशन दिएको छ । यहि श्रावण १९ गते हुने पालिका सम्मेलन तयारीको काममा अगाडी बढेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको हो ।
सम्मेलनमा कांग्रेसको सङ्गठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, सङ्गठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका विषयमा सम्मेलनमा छलफल हुने जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए। उनले पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा व्यापक छलफल हुने बताए ।
नेपाली कांग्रेसको विधान २०१७ (नवौँ संसोधन) ले गरेको ब्यबस्था तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको पूर्व घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस अर्घाखाँचीले पालिका सम्मेलन गर्न लागेको हो । सम्मेलनको लागि जिल्ला तहका नेताहरुलाई प्रतिनिधीको रुपमा पालिकाहरुमा पुगी सम्मेलन भब्य र सभ्य बनाउन पार्टिले निर्देशान् सहित प्रतिनिधिहरु चयन् गरिसकेको छ ।
पालिका स्तरिय सम्मेलन सम्पन्न गरे पछी यही २७ गते प्रदेश सभा छेत्रीय सम्मेलन गर्ने तयारी गरेको काङ्रेस्स अर्घाखाँचीले यस अघी असार ९गते जिल्लाका ६१ वार्डमा एकै पटक वार्ड सम्मेलन सम्पन्न गरिसकेको छ