सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुको पनि छानबिन गर्छ : मन्त्री मोदी

1

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको छ ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको हो ।

पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी – Online Khabarad

उहाँले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । मन्त्री मोदीले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको बताउनुभयो । उहाँले सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको स्पष्ट पार्नुभयो । सरकारले निर्दोष नपर्ने र दोषि नउम्किने गरी काम गरिरहेको स्पष्ट पार्नुभयो ।

मन्त्री मोदीले स्थानीय तहहरु निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको बताउनुभयो । उहाँले मधेस प्रदेशमा अब कतैपनि निमित्तको भरमा स्थानीय तह नचलेको बताउनुभयो । हाल देशभरमा करिब ९० स्थानमा निमित्तको भरमा चलिरहेको भन्दै त्यसको पनि क्रमशः अन्त्य गर्दै जाने बताउनुभयो । उहाँले कर्मचारीहरुको सरुवा मेरिटको आधारमा गर्ने पनि बताउनुभयो ।

1

मन्त्री मोदीले आफू अनुकुलका कर्मचारीहरुलाई सरुवा गर्नका लागि राजनीतिक तहबाट र स्थानीय जनप्रतिनिधिहरुबाट पनि दबाब आउने गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । आफू अनुकुलका कर्मचारीलाई सरुवा गर्दा देशमा सुशासन कायम हुन नसक्ने उहाँको भनाई छ ।इमेजले उल्लेख गरेको छ।

ad