केशबराज ज्ञवाली
नेपाली काङ्ग्रेस अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा आज श्रावण १९ गते एकै पटक पालिका समेलन सम्पन्न गरेको छ । नेपाली काङ्रेसको बिधान २०१७ को नवौ संशोधनमा ब्यबस्था भए अनुरुप पालिका तथा सम्मेलनहरु गरेको हो ।
जिल्लाका ६ वटा पालिका सन्धिखर्क नगरपालिका , भुमिकास्थान नगरपालिका , शितगंगा नगरपालिका , पाणिनी गाउपालिका , छत्रदेव गाउपालिका , र मालारानी गाउपालिकामा नेपाली काङ्ग्रेसले पालिका सम्मेलन सम्पन्न गराएको हो ।
कांग्रेसको संगठन सुध्रिढिकरण , पार्टी रुपान्तरण सहितको नारा बोकेर काङ्रेस अर्घाखाँचीले यो पालिका सम्मेलन पछी, प्रदेशसभा क्षेत्रीय र जिल्ला सम्मेलन गर्ने तयारी गरिरहेको बताइएको छ । काङ्ग्रेस अर्घाखाँचीले पालिका सम्मेलनहरु भब्य र सभ्य रुपमा सम्पन्न गर्न ६ वटै तहमा जिल्ला प्रतिनिधि खटाइ उनिहरुको उपस्थितिमा सम्मेलन गराएको हो ।
पालिका सम्मेलनमा पार्टिको बर्तमान अवस्था, पार्टी प्रती जनताको नैराश्यता , अब संगठनलाई चुस्त दुरुस्त र जनमुखी कसरी बनाउने भन्ने बिशयमा व्यापक छलफलहरु भएको बताइएको छ ।
सम्मेलनका झलक हरु