अर्घाखाँची ; काङ्ग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलन श्रावण २७ मा

1

केशबराज ज्ञवाली

नेपाली काङ्ग्रेस अर्घाखाँचीले श्रावण २७ गते प्रदेश सभा क्षेत्रीय समेलन गर्ने तयारी गरेको छ । २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा एकै दिन गर्ने प्रदेश सम्मेलनमा सहभागी हुन सबै तहका पदाधिकारी , महाधिवेशन प्रतिनिधिहरु , विभिन्न तहका कार्यसमिति , भात्री संघ सस्था , सुभेच्छुक संघ संस्था , कृयाशिल सदस्यहरु र सबै शुभचिन्तकहरुलाइ प्रदेश सम्मेलनमा उपस्थित हुन नेपाली काङ्ग्रेसले अनुरोध गरेको छ ।

No description available.

ad

प्रदेशसभा क्षेत्र क अन्तरगतको पाणिनी क्याम्स र प्रदेशसभा क्षेत्र ख अन्तरगतको सम्मेलन सन्धिखर्कको बि. पि. स्मृति भवनबाट सुरु भएर टुडिखेल स्थित सभागृहमा हुने बताइएको छ ।

No description available.

सम्मेलनलाइ नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुश्पा भुसाल , काङ्ग्रेस लुम्बिनी प्रदेश सभापती अम्बर पुन सहित अन्य नेताहरुले सम्बोधन गर्ने पनि काङ्ग्रेस अर्घाखाँचीले जनाएको छ ।
नेपाली काङ्रेसको बिधान २०१७ को नवौ संशोधनमा ब्यबस्था भए अनुरुप वार्ड र पालिका सम्मेलनहरु सम्पन्न गरिसकेको काङ्ग्रेस अर्घाखाँचीले क्षेत्रीय सम्मेलनको तयारी गरेको हो । यसअघि असार ९ गते जिल्लाका ६१ वार्ड मा एकै दिन वार्ड सम्मेलन र साउन १९ गते जिल्लाका ६ वटा पालिकामा नेपाली काङ्ग्रेसले पालिका सम्मेलन सम्पन्न गरिसकेको छ ।

No description available.

सम्मेलनमा पार्टिको बर्तमान अवस्था, पार्टी प्रती जनताको नैराश्यता , अब संगठनलाई चुस्त दुरुस्त र जनमुखी कसरी बनाउने भन्ने बिशयमा व्यापक छलफलहरु हुने बताइएको छ ।

ad